न रुनुस् न बा आज भनु भानु जयन्ती भएर हो कि के हो? सबै जना खुसी देख्छु खुसी खुसी! खुसी खुसी! खुसी खुसी! आमा, आमा, आमा!! हजुर छाँगोको भित्तोमा यसरी घोरिएको देखेर म निशब्द भएको छु आईसियुमा हेर्नुस्, आँखीझ्यालहरु हजुरलाई हेरेर राक्षसी हाँसो हाँसिरहेका छन् मार्न पाए ती झ्याललाई मेरो यो बगेको आँसुको धाराको तरवारले काटी टुक्रै टुक्रा टुक्रै टुक्रा टुक्रै टुक्रा, पारिदिन्थेँ हजुर सुतेको खाटलाई मृत्यु शैया भन्छन् पाए त ती खटको घाँटी न्याकी, मारिदिन्थेँ के त्यसो गरे मेरा मनका पीडा शान्त होलान्? आमा, डाक्टरले भनेको, मलाई डिप्रेसन छ रे बाँची बाँची मर्नु त मेरो दैनिकीको अक्षर बनेको छ अब हजुरले पनि मलाई छाडी गए बाच्न त बाचूँला, तर मर्ने कसरी आमा, आमा, आमा! मलाई पनि तपाईँसँग लग्नुस् न हजुरको त्यो राधेराधे उच्चारारण सुन्न मेरा कान पनि पर्खाईमा चिच्याई पागल बनिसके हजुर त बैकुन्ठ गोलोक जाने भगवानको भक्त म त हेर्नुस् चुरोट रक्सीको प्यालामा रमाउन सिकेको राक्षस पो भगवानलाई बहिस्कार गरेर हिडेको तुच्छ जीव मरिसकेपछी बैकुन्ठको ढोका मेरोलागि के खुल्ला म गाँजामा लिप्त भएर घर फर्किद...
Thing I want to do right now is make you keep revisiting my blog.