न रुनुस् न बा
आज भनु भानु जयन्ती भएर हो कि के हो?
सबै जना खुसी देख्छु
खुसी खुसी! खुसी खुसी! खुसी खुसी!
आमा, आमा, आमा!!
हजुर छाँगोको भित्तोमा
यसरी घोरिएको देखेर म निशब्द भएको छु
आईसियुमा हेर्नुस्, आँखीझ्यालहरु
हजुरलाई हेरेर राक्षसी हाँसो हाँसिरहेका छन्
मार्न पाए ती झ्याललाई
मेरो यो बगेको आँसुको धाराको तरवारले
काटी टुक्रै टुक्रा टुक्रै टुक्रा टुक्रै टुक्रा, पारिदिन्थेँ
हजुर सुतेको खाटलाई मृत्यु शैया भन्छन्
पाए त ती खटको घाँटी न्याकी, मारिदिन्थेँ
के त्यसो गरे मेरा मनका पीडा शान्त होलान्?
आमा, डाक्टरले भनेको, मलाई डिप्रेसन छ रे
बाँची बाँची मर्नु त
मेरो दैनिकीको अक्षर बनेको छ
अब हजुरले पनि मलाई छाडी गए
बाच्न त बाचूँला, तर मर्ने कसरी
आमा, आमा, आमा!
मलाई पनि तपाईँसँग लग्नुस् न
हजुरको त्यो
राधेराधे उच्चारारण सुन्न मेरा कान पनि
पर्खाईमा चिच्याई पागल बनिसके
हजुर त बैकुन्ठ गोलोक जाने भगवानको भक्त
म त हेर्नुस्
चुरोट रक्सीको प्यालामा रमाउन सिकेको राक्षस पो
भगवानलाई बहिस्कार गरेर हिडेको तुच्छ जीव
मरिसकेपछी बैकुन्ठको ढोका मेरोलागि के खुल्ला
म गाँजामा लिप्त भएर घर फर्किदा
बाको कुटाईबाट बचाउने हजुर नै हुनुहुन्थ्यो
अहिले हेर्नुस् त
त्यही कुटेको बाको हात
आँखाको आँसुको धारा थाम्न असमर्थ छन्
बा र मेरा हात हजुरको हात समाई रोइरहेछन्
आमा, बेहोसीको नशामा डुब्दा पनि
कति जोडले मेरा हत्केला च्यापिराख्नु भएको छ है
उता बा, एता म
बा! बा! बा!! कस्तो क्या, नरुनुस् न,नरुनुस् न
आमालाई केही हुन्न
मलाई थाहा छ
मलाई थाहा छ आमालाई केही हुन्न!
हजुर कति दिनदेखि भोकै हुनुहुन्छ
आमा, म अब देखि रक्सी खान छोडिदिन्छु
गाँजा चुरोट तान्न छोडिदिन्छु
तपाईं उठ्नुस् न
मेरो बिन्ती छ हे प्रभु, मेरा गल्तीकालागि क्षमाप्रार्थी छु
मेरि आमालाई बस् तिमी ठिक पारीएऊ न प्लिज!
मलाई थाहा छ,
मलाई थाहा छ यो सबै मेरो दुष्कर्मको फल हो
त्यसैले म अब गलत बाटो कहिल्यै हिड्दिन
गलत साथी कहिल्यै रोज्दिन
सबैलाई प्रेमपूर्वक हेर्न थाल्छु, गलत कहिल्यै सोच्दिन
मेरि आमालाई बस्...
आमा! आमा!! डाक्टरसाप!!! आमालाई... आमा! आमा!!!

Comments
Post a Comment