बौलाहा कुकुरले टोकेझौँ पागल भै किन अनसन बस्यौ
देशका जनता बाचुन् कि मरुन् तिमीलाई केको मतलब
रिणमा डुबेर खाडी मुलुक गै बाकसमा फर्किने ती युवा अनि औषधि नपाई स्वर्गाबास हुने ती बृद्ध बुवाको
शरीर खरानी बनोस् कि माटोमा मिल्किएर जाओस्
उनी सबै बाचुन् कि मरुन्, तिमीलाई केको मतलब
चालीस लाख खर्च गरि ढुङ्गे मन बनाई
छोरालाई डाक्टर बनाउने पिताको चिता
रोएर जाओस् कि ढुङ्गा बनोस् तिमीलाई केको मतलब
तिमी आफ्नो काम गर न, महङ्गो महङ्गो औषधि बेच न
चिल्ला गाडि चढ न, ऐस आराम गरि लुट न
किन भोकै बसि आफ्नो स्वास्थ्य खराब गर्छौ
हेर तिम्रो तनको रोग र मनको भोक कसले ठिक गर्छ
कुन डाक्टरकहाँ धाउँछौ कसलाई पुकार्छौ
तिमीलाई भोकै देखेर मेरो मन पनि भोको भएको छ
एक्लो भई देश हाक्न हिम्मत गर्न खोज्ने तिमी को हौ
मरेको देशलाई अक्सिजन मास्क लगाई
बचाउन खोज्ने भन केसि तिमी को हौ
यो मरुभुमीमा बाढी ल्याउन खोज्ने तिमी को हौ
सावधान डाक्टर गोविन्द केसि सावधान
म तिम्रो बिरोधमा अनसन बस्न नपरोस्
अनसन बसेँ भने मेरो गोजिबाट
देशलाई गोलि हान्ने शब्दहरुको बन्दुक निस्कनेछ
मार्नेछु फेरि गोलि ठोकी यो देशलाई
मार्ने छु अनसनमा बसेको तिमीलाई
अनि बल्ल देशको उन्नती हुनेछ हैन?
अनि बल्ल गरिब बिध्यार्थीले रोइ रोइ पेट चिर्ने चक्कुलेझैँ आफ्नो भाग्य चिरेर मर्न पाउनेछन् हैन?
त्यसैले खबरदार डाक्टर केसि! अनसन नबस!!
तिम्रो खाँचो यो भूमाफियाको जमिनमा कदापी छैन
इ नेताहरुको भ्रस्टाचारको रोग निको नपार
खानेलाई खान देउ लुट्नेलाई लुट्न देउ न
यो देशका जनता बाचुन् कि मरुन् तिमीलाई केको मतलब
I am with Dr. Govinda k.C.
Please share this message
हेर फर्की तिम्रा ती रक्तलिप्त पाथहरु, आज एकान्तमा रगतको आँसु झारिरहेको एक्लो चन्द्रमा भन्दा गाढा छन्। हेर पीडाले गुहार मागिरहेका कोमल माटोमा थचक्क बसि, तिम्रा काला पै...
Comments
Post a Comment