हरिणको चाल हेर्छु,
तिम्रै सुन्दरता झल्किराछ
गुलाब हेर्छु,
हावासँगै तिम्रै आत्मा नाचिराछ
हास हेर्छु,
तिम्रै सुन्दरताले भुतुक्क भै
भागिराछ
रुखमुनी छहारि लिन्छु,
शितलता तिम्रै सुगन्ध बनिराछ
पानी हेर्छु,
तिम्रै मायाको तरङ्गसङ्ग बगिराछ
बाघ हेर्छु,
तिम्रै मनोबलले गर्दा
जोडले कराउन सिकिराछ
बाँदर हेर्छु,
तिम्रो ममताले मलाई जिस्काएजसरी
जिस्काइराछ
थरी थरीका फुल हेर्छु,
तिम्रै सुन्दरताले मेरो आत्मा सुम्सुम्याइ
हाँसिराछ
गैँडा हेर्छु,
तिम्रै अँगालोमा बाँधिइन तड्पिराछ
तिमीलाई नै खोजिराछ
अर्ना हेर्छु,
तिम्रो गहिरो सोचजस्तै
ठूलो सिङ लिएर
आकास चुम्न खिजिराछ
वनमान्छे हेर्छु,
तिम्रै मनको उमङ्गजस्तै
उफृराछ नाचिराछ रमाइराछ
भालु हेर्छु,
तिमी समस्यासँग लडेजसरी
दिवारसंग लडिराछ
स्याल हेर्छु,
तिमीलाई नै सपनामा देखि
मस्तसँग सुतिराछ
चितुवा हेर्छु,
उ पनि तिम्रै यादमा
सपनाबाट बिउँझिराछ
हात्ती हेर्छु,
तिमीजस्तै मान्छेसँग हाँसिराछ
मयुरलाई हे.....
आहा! मयुर!!!
तिमीजस्तै कति सुन्दर देखिराछ
अस्टृछ हेर्छु,
उ के खोजिराछ?
के तिमीलाई खोजिराछ?
चखेवा हेर्छु,
चखेवीलाई खोजिराछ
लक्का परेवा हेर्छु,
आहा! कति सुन्दर क्या!!
तिम्रो झल्झली याद आइराछ
चील हेर्छु,
तिमीले झैँ मानवजगतलाई बुझी
तीखो प्यारो आँखाले हेरिराछ
कालिज हेर्छु,
तिम्रो अपरम्पार लिलाझैँ
थरिथरिको उ भागिराछ
आहा!! मेरा माछा बल्ल आए!!
तिमी जलपरी बनी
मेरो सपनामा नाचेझैँ नाचिराछ।
हेर फर्की तिम्रा ती रक्तलिप्त पाथहरु, आज एकान्तमा रगतको आँसु झारिरहेको एक्लो चन्द्रमा भन्दा गाढा छन्। हेर पीडाले गुहार मागिरहेका कोमल माटोमा थचक्क बसि, तिम्रा काला पै...
Comments
Post a Comment