सुन्नु न।
आज चिडियाखाना घुमेँ।
धेरै थरीका पंछी देखेँ
जनावर माछा फुल देखेँ
तर हेरेक जीवमाथी
लगाईएको बन्धन देखेर
हजुरहरुको याद आयो।
चारकुनामा बाँधिएका
जनावर पंछीले
सबैलाई आनन्द
प्रदान गरिराखेका थिए
सबै रमाइरहेका थिए
ती दिवार हेरेर
मलाई हजुरहरुको याद आयो।
हजुर दुई यो
चिडियाखानाका सब,
दादा र म केवल दुई दर्शक
हामी दुई हजुरहरुलाई
आजाद गरिराख्न खोजिराछौँ
तर सकेका छैनौँ
हजुरहरुकै कारण
हामी आजाद पशु हौँ
हजुर केवल हाम्रालागि
बाँधिइनुभो
सबै देखेर
मलाई हजुरहरुको याद आयो।
सुन्नुन मम्मी
एउटा क्या
परि छिन्।
उनीबाट कत्ती कुरा सिकिराछु।
हजुरलाई सम्झिराछु।
सुन्नुन बाबा
म कति
बलियो बनिराछु।
हजुरलाई सम्झिराछु।
Comments
Post a Comment